महिला लघुवित्तको खुद नाफा ११२.६६ प्रतिशतले वृद्धि

२०७८ बैशाख १९ गते, आईतवार

शाख १९, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले रू ६ करोड ४२ लाख ४३ हजार खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीले ११२.६६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू ३ करोड २ लाख २५ हजार यो नाफा गरेको थियोे । यस वर्ष सञ्चालन नाफा भने करीब १५० प्रतिशत बढी भएको छ । गत वर्ष रू ३ करोड १७ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू ७ करोड ९२ लाख ४६ हजार यो नाफा गरेको हो ।

गत माघमा सर्वसाधारणलाई आईपीओ जारी गरी चैत ३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको छोटो अवधिभित्रै शेयरमूल्य निरन्तर उच्च दरमा बढेर रू ३ हजार माथि पुगेको छ । हाल कम्पनीको चुक्तापूँजी रू १० करोड रहेको छ । जगेडा कोष रकम १९ करोड १८ लाख ३९ हजार कायम भएको छ । गत वर्षभनदा ३२.४९ प्रतिशत बढी रू ८६ करोड २८ लाख ६४ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ८८.७८ प्रतिशत बढी रू ३ अर्ब १८ करोड ९४ लाख कर्जा प्रवाह गरेको छ ।
गत वर्ष यस अवधिसम्म २.५३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २.२५ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू ८५.६६ र प्रतिशेयर नेटवर्थ रू २९१ दशमलव ८४ रहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal