निषेधाज्ञा जारी पछि अत्यावश्यक वस्तुको भाउ बढ्यो

२०७८ बैशाख १९ गते, आईतवार

वैशाख १९, काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, यकिन नभएकाले सर्वसाधारणले खाद्यान्न मौज्दातसमेत गर्न थालेका छन् ।
दुई–तीन दिनयता खाद्यान्नको मागसँगै मूल्य पनि बढिरहेको छ। अहिले बजारमा कृतिम रुपमा खाने तेल, चना, गेडागुडी र चिनीको होलसेल मूल्य बढाईएको छ। निषेधाज्ञाको मौका छोपी भइरहेको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खासै चाँसो देखाएको छैन । जब जब नेपालमा संकटको अवस्था आउँछ, व्यवसायीले सबैभन्दा पहिले मूल्यवृद्धि गर्ने गरेको सरोकारवाला बताउँछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal