धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख १९ गते, आईतवार

वैशाख १९, धनगढी । धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३ की ३८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले श्वासप्रश्वास सम्बन्धी समस्या भएकी ती महिलाको कडा खालको निमोनियाका कारण मृत्यु भएको जानकारी दिए ।
यसअघि शनिबार सेती अस्पतालमा उपचाररत अन्य तीनजना संक्रमितको पनि मृत्यु भएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal