भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५५९ नयाँ संक्रमित भेटिए, ३,६८४ को ज्यान गयो

२०७८ बैशाख १९ गते, आईतवार

वैशाख १९, काठमाडौं । भारतमा शनिबार २४ घण्टामा ३ लाख ९२ हजार ५५९ नयाँ संक्रमित भेटिएका छन । यस्तै, ३,६८४ को ज्यानसमेत गएको छ । यसअघि रेकर्ड स्तरको ४ लाख १ हजार ९११ नयाँ संक्रमित भेटिएका थिए । यो संसारको कुनै देशमा एकैदिन भेटिएका नयाँ संक्रमितको सबैभन्दा ठूलो संख्या हो । यतिमात्रै होइन, यो आँकडा सबैभन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका नयाँ बिरामीभन्दा सात गुणा बढी हो । मृत्युको आँकडाबारे कुरा गर्ने हो भने संसारमा सबैभन्दा धेरै भारतमा मृत्यु भइरहेको छ ।

अघिल्लो दिन संसारमा कोरोनाका कारण १४,२८५ को मृत्यु भयो । यीमध्ये ३,५२१ को भारतमा मात्रै मृत्यु भएको छ । अर्थात् संसारमा पछिल्लो २४ घण्टामा भएको मृत्युमा हरेक चौथो मृत्यु भारतमा भएको छ । यहाँ सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ जहाँ ८२८ संक्रमितको मृत्यु भएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal