प्रधानमन्त्री ओलीले एजेण्डा नै नखुलाई डाके आकश्मिक मन्त्रिपरिषद् बैठक

२०७८ बैशाख १९ गते, आईतवार

वैशाख १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकश्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएको मन्त्रीहरुले जानकारी दिएका छन् । बैठकका एजेण्डा भने नखुलाइएको बताइएको छ । मन्त्रिपरिषदको नियमित बैठक भएकाले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुने बताइएको छ ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका हुन। कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने बताईएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal