कोरोना संक्रमण तीव्र फैलिन थालेसँगै अहिले सम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी

२०७८ बैशाख १९ गते, आईतवार

वैशाख १९, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ ।
योसँगै २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा यसअघि नै जारी भएको निषेधाज्ञा कायम रहेको, तीन जिल्लामा गएरातिदेखि र सात जिल्लामा आजदेखि कार्यान्वयनमा आउने स्थानीय प्रशासनहरुले जनाएका छन् ।

२९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ । आज गुल्मी, प्यूठान, काभ्रे, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको छ । उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal