शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

२०७८ बैशाख १९ गते, आईतवार

वैशाख १९, बुटवल। लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई फेरि प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन । ।
यसअघि, आइतबार विहान नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा गरेर नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष दावी पेश गरेका थिए ।


2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal