लुम्बिनी एमालेमा भाँडभैलो, प्रदेश सांसदहरुले भटाभट राजीनामा दिन थाले

२०७८ बैशाख १९ गते, आईतवार

वैशाख १९, बुटवल । लुम्बिनी प्रदेश नेकपा एमालेमा सरकार गठनका नाममा संकट चुलिएको छ । आइतबार पदबाट राजीनामा दिएका संसदीय दलका नेता शंकर पोखरेललाई पुन मुख्यमन्त्री नियुक्त गरिएपछि एमालेकै सांसदहरुले भटाभट राजीनामा दिन थालेका छन् ।
पोखरेललाई मुख्यमन्त्री बनाइएपछि असन्तुष्टि जनाउँदै प्रदेश सांसद दृगनारायण पाण्डेले लिखित वक्तव्य नै निकालेर पदबाट राजीनामा दिएको घोषणा गरेका छन।

पाण्डे कपिलवस्तु क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन । यसैगरी कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले पनि राजीनामा दिएको दाबी गरिएको छ । सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal