इन्डियन प्रिमियर लिग : पञ्जाबलाई हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा

२०७८ बैशाख २० गते, सोमबार

वैशाख २०, काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा पञ्जाब किङ्ग्सलाई हराउँदै १२ अङ्कका साथ दिल्ली शीर्ष स्थानमा पुगेको हो । अमदाबादमा पञ्जाबले दिएको एक सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायको हो ।
दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान मयंक अग्रवालको ९९ सय रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । दिल्लीका कागिसो रवाडाले तीन विकेट लिए । हारसँगै पञ्जाब ६ अंकसहित छैठौं स्थानमा छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal