प्रिमियर लिगमा टोटनह्यामसँग सेफिल्ड युनाइटेड ४–० गोल अन्तरले पराजित

२०७८ बैशाख २० गते, सोमबार

वैशाख २०, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले सेफिल्ड युनाइटेडलाई ४–० गोल अन्तरले हराएको छ ।टोटनह्यामको जितमा गारेथ बेलले ह्याट्रिक गरे भने सन ह्युङ मिनले एक गोल गरे । जितसँगै टोटनह्याम ५६ अङ्कका साथ पाँचौं स्थानमा पुगेको छ ।
सेफिल्ड १७ अङ्कसहित पुछारमा छ । राति नै भएको अर्को खेलमा आर्सनलले न्यूकासल युनाइटेडलाई दुई शून्य गोल अन्तरले हरायो । हिजै हुने तालिका रहेको म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल भने स्थगित भएको छ । ओल्ड ट्राफोडमा युनाइटेडका समर्थकले मैदानमै पुगेर हुल हुज्जत गरेपछि खेल स्थगित भएको हो । युनाइटेडले नयाँ प्रतियोगिता युरोपियन सुपर लिग नखेल्ने घोषणा गरे पनि समर्थकले विरोध भने छाडेका छैनन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal