कोरोना सङ्क्रमण नियन्त्रणका लागि अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा घोषणा (सूचीसहित)

२०७८ बैशाख २१ गते, मंगलवार

वैशाख २१, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएपछि निषेधाज्ञा घोषणा हुने जिल्लाको संख्या ४५ पुगेको हो । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये झापा र सुनसरीमा गाडीमा जोरबिजोर प्रणाली लागू भएको छ । बाजुरा र महोत्तरीमा भोलिदेखि निषेधाज्ञा सुरु हुँदै छ ।

मन्त्रिपरिषद्को गएको वैशाख १३ गतेको निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था छ । यसैबीच काठमाण्डौ उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ ।

हेर्नुहोस् सूची :

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal