पछिल्लो २४ घण्टामा नेपालमा ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त,५४ जनाको मृत्यु

२०७८ बैशाख २३ गते, बिहीबार

वैशाख २३, काठमाडौं । नेपालमा एकैदिन ९ हजार ७० जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
संक्रमणबाट पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ । २ हजार ७ सय ७ जनाले गत २४ घण्टामा कोरोनालाई जितेका छन्।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal