कोरोना माहामारी : देशभर सक्रिय संक्रमित ७२ हजार नाघे

२०७८ बैशाख २४ गते, शुक्रबार

वैशाख २४, काठमाडौं । देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै सबैभन्दा बडी हो । बिहीबार २० हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमित संख्या ७२ हजार ५ सय ६१ पुगेको छ । ३ सय १४ संक्रमित क्वारेन्टाइनमा छन् । बिहीबारै देशभर २ हजार ७ सय ७ संक्रमणमुक्त भएका छन् । त्यस्तै, कोरोनाबाट बिहीबार ५४ जनाको मृत्यु भएको छ । योस“गै मृतक संख्या ३ हजार ५ सय २९ पुगेको छ । देशभर हाल ६ सय ५२ आईसीयू र २ सय १ भेन्टिलेटरमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय ७ आईसीयू र १७ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुईजना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ३ सय ४९ आईसीयू र १ सय २५ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ३८ जना आईसीयू र १३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र २० जना भेन्टिलेटर, कर्णालीमा ३३ जना आईसीयू र १२ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बिहीबार थप ३ हजार ९ सय ७२ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ३ हजार १ सय ६३, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा २ सय ४२ जना गरी उपत्यकामा ३ हजार ९७ जनामा कोरोना देखिएको छ । काठमाडौंमा मात्र हाल २४ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा २ हजार ९ सय ४५ र लतिपुरमा ४ हजार ९ सय ७४ जना सक्रिय संक्रमित छन् । यसैबीच, बंगलादेशबाट थप ४ हजार भाइल रेम्डेसिभिर नेपाल भित्रिएको छ । औषधि व्यवस्था विभागले कोभिडको सबैखाले बिरामीका लागि रेम्डेसिभिर आवश्यक नपर्ने भएकाले चिकित्सकले उपचार प्रोटोकलअनुसार मात्र सिफारिस गर्न आग्रह गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal