पर्वतमा मलामी बोकेको जीप दुर्घटना : १७ जना घाइते

२०७८ बैशाख २४ गते, शुक्रबार

वैशाख २४, काठमाडौं । पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । ग २ च ५२१३ नम्बरको जीप कुश्मा नगरपालिका १० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अमन परियार र माने परियारलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको छ ।
कुश्मा नगरपालिका-१३ खौलालाँकुरीका विष्णु परियारको उपचारका क्रममा ज्यान गएपछि शव जिम्मा लिन आउँदा जीप दुर्घटना भएको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal