पोखरामा म्याग्दी, रुपन्देही र दाङ गरी थप तीन संक्रमितको मृत्यु

२०७८ बैशाख २४ गते, शुक्रबार

वैशाख २४, काठमाडौं । कोरोना संक्रमणका कारण पोखरामा थप तिन जनाको मृत्यु पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी गरेको विज्ञप्तिमा थप तीन जनाको मृत्यु पुष्टि भएको हो। थप मृत्यु पुष्टि हुनेमा म्याग्दी जिल्ला बेनी नगरपालिका -२ निवासी ७३ वर्षीय पुरुष, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका निवासी ३२ वर्षीय पुरुष र दाङ जिल्ला लमही नगरपालिका -५ निवासी ४४ वर्षीया महिला रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए। म्याग्दी र दाङ जिल्लाका संक्रमितको मणिपाल शिक्षण अस्पताल र रुपन्देहीका संक्रमितको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal