खाद्य सामाग्रीको कृत्रिम अभाव : खाने तेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो

२०७८ बैशाख २६ गते, आईतवार

वैशाख २६, काठमाडौं । निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् ।उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेका छन् । अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताको गुनासो छ । यो समाचार आजको नागरीक दैनिकमा छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal