अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने

२०७८ बैशाख ३१ गते, शुक्रबार

वैशाख ३१, काठमाडौं । अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागू गरिएको छ । राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाइएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, कार्यालय जस्ता ठाउँमा मास्क लगाउन नपर्ने घोषणा गरेका हुन। ह्वाइट हाउसमा आयोजित समारोहमा विपक्षी रिपब्लिकन सांसदहरुको साथमा आफूले लगाएको मास्क खोल्दै बाइडेनले पूर्ण खोप लगाएकाहरुले इन्डोर स्थलमा मास्क लगाउनु नपर्ने बताएका बीबीसीले जनाएको छ ।

अमेरिकामा पछिल्लो समय कोरोना विरुद्धको खोपको प्रभावकारीता बढेको र संक्रमण नियन्त्रणतर्फ गएको देखिएको छ । अमेरिकामा अहिले कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । राष्ट्रपति बाइडेनले कोरोना विरुद्धको खोप लगाउन सबैलाई आग्रह पनि गर्दै आएका छन। अमेरिकाले कोरोना २५ करोड भन्दा बढिले खोप लगाईसकेका छन।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal