बंगलादेशमा डुङ्गा दुर्घटना : २६ जनाको मृत्यु

२०७८ बैशाख ३१ गते, शुक्रबार

वैशाख ३१, काठमाडौं । बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।बंगलादेशको सिब्चर शहरकोे पद्मा नदीमा ३६ यात्रु सवार डुंगा नदीको किनारमा रहेको अर्को डुङ्गासँग ठोक्किँदा दुर्घटना भएको हो । घटनामा १० जना भने बच्न सफल भएका छन् ।
मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

क्षमता भन्दा बढी यात्रु बोकेको सो डुङ्गा तीव्र गतिमा रहेकै कारण भार थेग्न नसकेर दुर्घटना भएको अनुमान गरिएको छ । बंगलादेशमा कोरोना नियन्त्रणका लागि जारी गरिएका लकडाउनको बीच यातायातका साधन नचलेपछी सर्वसाधारण डुङ्गाबाट आवतजावत गर्न थालेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal