ब्राजिलमा कोभिड संक्रमित र मृतकको संख्या कम हुँदै, मृतक घट्दै

२०७८ बैशाख ३१ गते, शुक्रबार

वैशाख ३१, काठमाडौं । ब्राजिलमापनि तीव्र रूपमा फैलिएको संक्रमणमा केही कमि आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३ सय ४० जनाको मृत्यु हुँदा ७५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । त्यहाँ अघिल्लो दिन २५ सयभन्दा बढीको मृत्यु हुँदा ७६ हजार संक्रमित थपिएका थिए ।

ब्राजिलपछि अमेरिकामा थप ७ सय ४० जनाको मृत्यु हुँदा ३७ हजार ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अर्जेन्टिना र कोलोम्बियामा ४ सय भन्दा धेरै संक्रमितको मृत्यु हुँदा रुस, पोल्याण्ड र युक्रेनमा ३ सय भन्दा धेरै संक्रमितको ज्यान गएको छ । टर्की, इटली, जर्मनी, इरान, मेक्सिको र नेपालमा २ सय भन्दा बढीले कोभिडकै कारण प्राण त्यागेका छन् ।

योसँगै विश्वभर कोभिडबाट ३३ लाख ५७ हजार ५ सय ३२ जनाको मृत्यु हुँदा १६ करोड १७ लाख ९७ हजार ८ सय १० व्यक्रि संक्रमित भएका छन् । जसमध्ये १४ करोड ६३ लाख ३९ हजार ४ सय ९३ जना संक्रमणमुक्त भएका छन् । विश्वभर अझै १ करोड ७८ लाख ७ सय ८५ सक्रिय संक्रमित हुँदा ८ हजार ६ सय २६ जना गम्भीर अवस्थामा छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal