बुटवलमा १ घण्टामा थप २ संक्रमितको मृत्यु

२०७८ बैशाख ३१ गते, शुक्रबार

वैशाख ३१, बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप २ जना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत २ जनाको १ घण्टाकाबीचमा मृत्यु भएको हो ।

बैशाख २७ गते अस्पताल भर्ना भएका बुटवल -११ का ५० वर्षिय पुरुषको बिहिबार राती १०ः३४ बजे मृत्यु भएको थियो । त्यस्तै २८ गते भर्ना भएका रुपन्देही सैनामैनाका ८५ वर्षिय पुरुषको पनि बिहिबार राती ११ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमले जानकारी दिएका छन् । यो मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३२९ पुगेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal