बुद्धको जस्तै प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिविरुद्ध संघर्षमा उत्रिनुको विकल्प छैन : प्रचण्ड

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रिनु परिवर्तनगामी शक्तिका सामु आज एक मात्र विकल्प रहेको बताएका छन् । गौतम बुद्धको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याउनु भएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको बताए ।
बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन् । सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ, शुभकामना सन्देशमा उल्लेख छ । म्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउने भन्दै त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा आफूहरुले भोग्दै आएका प्रचण्डले बताए । बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउन नसक्ने उनका भनाइ छ ।
उनले कोरोना भाइरस ९कोभिड–१९०को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने विश्वाससहित उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal