दाङमा रुखमा झुन्डिएको अवस्थामा दुई वटा शव फेला

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, दाङ । दाङमा रुखमा झुन्डिएको अवस्थामा दुई वटा शव फेला परेको छ । घोराही उपमहानगरपालिका– ७ सुकवारका अन्दाजी २९ वर्षका रेखबहादुर घर्ती र एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाले जानकारी दिए।
मृतक महिलाको भने पहिचान खुलेको छैन । गत ८ गते शनिबार घरबाट निस्किएका घर्ती चार दिनपछि घर नजिकैको आँपको रुखमा झुन्डिएको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेका छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal