जवरजस्ती करणी गर्ने स्याङ्जाका ६० वर्षीय वृद्ध पक्राउ

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, स्याङ्जा । स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजारबाट दक्षिण पूर्वमा पर्ने विरुवा गाउँपालिकामा बाख्रा चराउन गएकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । २० वर्षीय युवतीलाई बाख्रा चराउन गएको बेलामा सोही ठाउँको ओढारमा पहिलोपटक २०७७ असार महिनामा र अन्तिम पटक २०७७ माघ ४ गते दिउँसो अन्दाजी १ बजे जवरजस्ती करणी गरेको जाहेरी दरखास्तको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा विरुवा गाउँपालिका ४ खुदी बस्ने ६० वर्षीय दुर्ग बहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ परेका दमैलाई जबरजस्ती करणी मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal