काठमाण्डौमा निषेधाज्ञा अत्यान्तै कडा, ढुवानीका गाडीमा समेत जोरबिजोर लागू

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । काठमाण्डौमा निषेधाज्ञा अत्यान्तै कडा पारीएको छ । काठमाण्डौको मुख्य थोक बजार कालिमाटीमा भिड कम गर्न जोरबिजोर प्रणाली लागू भएको छ । निषेधाज्ञाको समयमा पनि बजारमा भिड कम नभए पछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ढुवानीका गाडीमा जोर बिजोर प्रणाली लागू गरेको हो । जोर बारमा जोर नम्बरका गाडी र बिजोर बार बिजोर नम्बरका गाडी चल्ने छ । यो नियम तरकारी लिन जाने जाने गाडीमा मात्र लागू हुनेछ । तरकारी लिएर थोक बजार पुग्ने गाडीमा भने यो नियम लागू हुने छ ।
यस्तै, तरकारी लिन जाने गाडी बिहान ८ बजे भित्र पुगिसक्नु पर्ने नियम बनाएको छ । कालिमाटीको थोक तरकारी बजार राति १ बजेदेखि बिहान ९ बजेसम्म खुला रहने छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal