साउदी सरकारले बनायो नयाँ नियम, उलङ्घन गरे सधैका लागि प्रवेश रोक

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । कोरोना सङ्क्रमण रोकथामका लागि साउदी सरकारले आफ्नो देश प्रवेश गर्ने यात्रुका लागि नयाँ नियम जारी गरेको छ । साउदी सरकारले २४ मे देखि लागू हुने गरी आफ्नो देशमा प्रवेश गर्ने ८ वर्षभन्दा माथिका सबैले पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट बोकेको या कोरोना विरुद्धको खोप दुवै डोज पूरा गरिसकेको आधिकारिक प्रमाण साथमा राखेको हुनुपर्नेछ ।
साउदी अरेबिया प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी पुगेपछि अनिवार्य ७ दिनको संस्थागत क्वरेण्टाईन बस्नुपर्नेछ । तर दुवै डोज खोप लगाएकाहरूले भने क्वरेण्टाईनमा बस्न पर्ने छैन । साउदी प्रवेश गरेपछि संस्थागत क्वरेण्टाईनमा बस्दा बस्दै सङ्क्रमण भएर उपचार गर्नु परेमा सबै खर्च साउदी सरकारले नै गर्नेछ । तर भिजिट भिसामा साउदी गएका विदेशी नागरिकको हकमा भने व्यक्तिले गरेको स्वास्थ्य बिमाले नै कभर गर्नुपर्ने हुन्छ ।
यदि कसैले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वरेण्टाईनसम्बन्धि नियमको उलङ्घन गरेमा पुनः साउदी अरबमा आउन नपाउने गरी फिर्ता गर्ने साउदी सरकारले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal