भारतमा चक्रवातको उत्पात : २ जनाको मृत्य, ४० भन्दा बढि घरमा क्षति

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । भारतमा यास चक्रवात प्रवेश गरेसँगै पश्चिम बंगालमा २ जनाको मृत्यु भएको छ भने ४० वटा घरमा क्षति पुगेको छ ।
यास चक्रावात भारतको उडिसा भद्रक जिल्लाको धामरा बन्दरगाह हुँदै पश्चिम बंगालतर्फ अघि बढेको भारतीय अधिकारीहरुले जनाएका छन् । उडिसा प्रवेश गरेसंगै बंगालको खाडी र उडिसामा भएको भारी वर्षाका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।
भारतको पश्चिम बंगाल, उडिसालगायत ८ राज्यमा प्रवेश गर्ने अनुमान गरिएको छ । यास चक्रवातलाई मध्यनजर गर्दै सम्भावित ८ राज्यका असुरक्षित १० लाख जनतालाई सुरक्षित स्थानतर्फ सारिएको छ । यास चक्रावातका कारण कोलकता विमानस्थलबाट हुने विमान सेवा आज दिनभरका लागि बन्द गरिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal