अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविच भेटवार्ता हुने

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविच भेटवार्ता हुने भएको छ । बाइडेन अमेरिकी राष्ट्रपति भएपछि भ्लादिमिर पुटिनसंगको पहिलो भेट हुन लागेको हो । दुई नेताबीच १६ जुनमा स्वीट्जरल्याण्डको जेनेभाका भेटवार्ता हुन लागेको ह्वाइट हाउसले पुष्टि गरेको छ ।
बाइडेन र पुटिनले कैयौंपटक एकअर्काको व्यक्तिगत टिप्पणी गर्नु तथा अमेरिका र रुसबीचको सम्बन्ध राम्रो नभइरहेको अवस्थामा एकअर्काबीचको भेटलाई विश्वसमुदायले चासोका साथ हेरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal