आर्मेनिया र अजरबैजानबीच सीमा नाकामा झडप, एक सैनिकको मृत्यु

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । आर्मेनिया र अजरबैजानबीच सीमा नाकामा भएको विवादका क्रममा एक सैनिकको मृत्यु भएको छ । विवादास्पद नागोरोनो काराबाख क्षेत्रमा गत सेप्टेम्बरको युद्धपछि दुवै देशबीच तनाव बढ्दै गएको छ । आर्मेनियाको रक्षा मन्त्रालयले अजरबैजानको पूर्वी किनारामा गोलाबारी भएको दावी गरेको छ ।
अजरबैजानी सेनाले गोली प्रहार गर्दा एक सैनिकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यता अजरबैजानका सैनिकले गैरकानुनी रुपमा सीमा नाकामा प्रवेश गरेकाले गोली प्रहार गर्नुपरेको अर्मेनियाले दावी गरेको छ ।
तर अजरबैजानको आरोपमा कुनै सत्यता नभएको अर्मेनियाको दावी छ । उसलै सैनिक अधिकारीको मृत्यु र सीमा विवाको विषय सम्बन्धित नभएको जिकिर गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
सन् १९९० को दशकदेखि नागोरोनो काराबाख क्षेत्रलाई अजरवैजानको सेनाले नियन्त्रणमा लिएर अर्मेनियालीहरुमाथि दमन गरेको बताइएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal