मलामी गएका किशोरको महाकाली नदीमा डुवेर मृत्यु

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, बैतडी । बैतडीमा मलामी गएका किशोरको नदीमा नुहाउने क्रममा डुवेर मृत्यु भएको छ। मंगलबार बिहान महाकाली नदीमा नुहाउन गएका शिवनाथ गाउँपालिक-(१ पुण्लगाउँका १७ वर्षीय महेश साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी आफन्तको मलामी गएका बेला नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी गर्दा उनी बुधबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal