राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका सैनिक मृत भेटिए

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका एक जना सैनिक मृत भेटिएका छन् । निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियनका हवल्दार गगनबहादुर शाही निकुञ्जको सिमाना भएर बग्ने राप्ती किनारमा मंगलबार बिहान मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।
निकुञ्ज सुरक्षाका लागि तैनाथ खड्गदल गणका प्रमुख कर्णेल सुधीर केसीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । कर्णेल केसीले ढुंगा तर्ने ठाउँभन्दा झन्डै पाँच ६ सय मिटर तल शाहीको शव भेटिएको बताए । शाही दैलेख नौमुले गाउँपालिका–१ राइली गाउँका हुन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal