कोरोना महामारीका कारण लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना गरिएको छ ।
निषेधाज्ञाका कारण सरकारले तय गरेका मापदण्डअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु र गुरुमा, भिक्षु र भिक्षुणी र लामाहरु उपस्थित भएर बुद्धपूजा र मन्त्रोचारण गरिएको छ ।
कार्यक्रमस्थलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभा सदस्य फखरुद्दिन खान, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीमात्रै सहभागी थिए ।
महामारीकै कारण कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal