अक्सिजन सिलिन्डर समयमै फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन सिलिन्डर समयमा नै फिर्ता गर्न आग्रह गरेको छ । समयमा सिलिन्डर फिर्ता नहुँदा अवस्था झनै विकराल बन्दै जाने भएकाले समयमा नै सम्बन्धित उद्योगमा फिर्ता गर्न आग्रह गरिएको हो ।
अक्सिजन सिलिन्डर त्यसै थन्काएर राख्दा अस्पतालमा सघन उपचाररत सङ्क्रमितलाई अप्ठ्यारो हुन जाने भएकाले यस विषयमा सबैलाई संवेदनशील बनिदिन पनि स्वास्थय मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, एउटा उद्योगका अक्सिजन सिलिन्डर अन्त प्रयोग हुने क्रम बढिरहेको भन्दै त्यसो नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका अक्सिजन सिलिन्डर समयमा नै अक्सिजन उत्पादक कम्पनी तथा अस्पतालमा पुर्याउन मन्त्रालयको अनुरोध छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal