रिलायवल नेपाल लाइफले आईपीओ निष्काशन गर्न साधारण सभा बोलायो

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा असार ४ गते गर्ने भएको छ ।
कम्पनीले सभा उक्त दिन दिउँसो १ बजे ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा साधारण सभा गर्न लागेको हो। सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनी रू ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । हाल रू १ अर्ब ४० कारोड चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू २ अर्ब पुग्नेछ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेपछि आवश्यक प्रक्रिया पुरा गरी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal