पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१४ जना कोरोना संक्रमित थपिए, १४५ जनाको मृत्यु

२०७८ जेष्ठ १२ गते, बुधबार

जेठ १२, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार १९ हजार तीस जनाको पिसिआर परिक्षण गर्दा सो संङ्ख्यामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा भक्तपुरमा ११३, काठमाडौंमा ललितपुरमा २४१ र काठमाडौंमा ११३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै आज उपत्यकामा १४ सय ५३ जना कोरोना संक्रमित भएका छन् । सोही अवधिमा १४५ जनाको मृत्यु भएको मन्त्रालयका सह प्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार मंगलबार ६ हजार सात सय १६जना कोरोना मुक्त भएर घर फर्किएका छन् । दोस्रो लहर सुरु भएयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो अवसर पनि हो ।
यसअघि सोमबार देशभर ८३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १६९ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal