चलचित्र राधे’ को आलोचना गर्ने केआरके विरुद्ध सलमान खानको उजुरी

२०७८ जेष्ठ १२ गते, बुधबार

काठमाडौं । ईदमा रिलिज भएको अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे स् योर मोस्ट वान्टेड भाई’ लाई दर्शक र समीक्षकबाट खराब समिक्षा पायो । यसको असर चलचित्रको कलेक्शनमा पनि देखियो ।
चलचित्रको पहिलो हाफ हेरेपछि समिक्षक कमाल राशिद खानले यो चलचित्रको नकारात्मक समिक्षा गरे । उनले, यो चलचित्र आफूले रुदै हेरेको भन्दै समिक्षा गरेका थिए । उनले एक भिडियो सार्वजनिक गर्दै फिल्म झुर रहेको प्रतिक्रिया दिदै ट्विटरमा पनि फिल्मलाई नराम्रो भन्न कुनै कसर बाँकी राखेका थिएनन् । तर, उनको यो आलोचना भने सलमानलाई चित्त वुझेन ।
केआरकेले आफ्नो मानहानी गरेको भन्दै नायक सलमान खानले मुम्बई अदालतमा उजुरी दर्ता गरेका छन् । सलमानले उजुरी दर्ता गराएपछि केआरकेले पनि प्रतिक्रिया दिएका छन् । केआरकेले अबदेखि आफूले सलमानको चलचित्रको समिक्षा नगर्ने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–‘प्यारा सलमान खान, यो मानहानीको मुद्दा तपाइको हतास र निराशाको प्रमाण हो । म आफ्ना फलोअर्सका लागि समिक्षा गर्दछु । मैले आफ्नो काम गरिरहेको छु । मलाई तपाइको चलचित्रको समिक्षा गर्नबाट रोक्नुको साटो बरु एउटा राम्रो चलचित्र बनाउनुहोस् । म सत्यताका लागि लडिरहनेछु ।’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal