ट्रेलर सार्वजनिक भएपछि ‘फेमिली म्यान २’को प्रशारण रोक्नुपर्ने माग

२०७८ जेष्ठ १२ गते, बुधबार

काठमाडौं । जुन ४ बाट अमेजन प्राइममा रिलिज हुन लागेको वेव सिरिज ‘फेमिली म्यान २’को प्रशारण रोक्नुपर्ने माग भारतमा जोडतोडका साथ उठिरहेको छ । राज र डिकेले निर्देशन तथा निर्माण गरेको यो वेव सिरिजको केही दिन अगाडि मात्र ट्रेलर सार्वजनिक भएको थियो । यसको ट्रेलरले दर्शकको मन जितेको थियो ।
तर, यो वेव सिरिजलाई रोक लगाउनु पर्ने माग गर्दै भारतको तमिलनाडु राज्य सरकारले केन्द्रिय सरकारलाई पत्र पठाएको छ ।
यसको एक दिन अगाडि मात्र राज्य सभा सांसद वाइकोले सूचना एवं प्रशारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेख्दै वेव सिरिजमाथि प्रतिवन्ध लगाउनुपर्ने माग गरेका थिए ।
यो वेव सिरिजले तमिलनाडुका जनताको भावनामाथि ठेस पुर्याएको भन्दै प्रशारणमा रोक लगाउनुपर्ने माग उठेको हो । राज्य सरकार र सांसदले नै चिठ्ठी पठाउँदै प्रशारणमा रोक लगाउन माग गरेपछि यो वेव सिरिजको प्रशारणमा समस्या हुने देखिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal