निकसँग रोमान्टिक अवतारमा देखा परिन नायिका प्रियंका चोपडा

२०७८ जेष्ठ १२ गते, बुधबार

काठमाडौं । नायिका प्रियंका चोपडाले निकसँग रोमान्टिक अवतारमा देखिएकी छिन् । बलिउडसँगै हलिउडमा पनि आफ्नो पहिचान स्थापित गरेकी प्रियंका आफ्ना श्रीमान् निक जोनससँग रोमान्टिक तस्वीर सामाजिक संजालमा शेयर गरेकि छिन।
प्रियंकाले आफ्नो इन्स्टाग्राममा केही तस्वीरहरु शेयर गरेकी छिन् । केही समय लण्डनमा बिताएपछि प्रियंका र निक अमेरिका फर्किएका छन् । उनीहरु, हालैमात्र बिलबोर्ड्स म्यूजिक अवार्डमा सहभागी भए ।
निकसँगको तस्वीर शेयर गर्दै चोपडा लेख्छिन्–‘श्रीमान्को लागि प्रशंसाले भरिएको पोष्ट लेख्दैछु । मलाई तिमीमाथि गर्व छ । तिमी जे पनि काम गर्छौ मलाई ती सबै काममा गर्व छ । तिम्रो काम गर्ने तरिकाले मलाई हरेक दिन प्रभावित गर्छ । आज तिमीले शानदार काम गरेका छौं । आई लभ यू ।’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal