हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

२०७८ जेष्ठ १३ गते, बिहीबार

जेठ १३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू ७४४ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य रू ७६६ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न जेठ २८ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal