एनएमबि बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२०७८ जेष्ठ १३ गते, बिहीबार

जेठ १३, काठमाडौं । जेठ ९ गतेदेखि विक्री खुला भएको एनएमबि बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदरको ‘एनएमबि ऊर्जा ऋणपत्र ४ प्रतिशत २०९२र९३’ नामको रू १ अर्ब ५० करोड बराबरको ऋणपत्र विक्री खुला गरेको हो ।
प्रति ऋणपत्र रू १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा विक्री
बैंकलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेका छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।
ऋणपत्र विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal