नेपाल फाइनान्स र ललितपुर फाइनान्सले बोलाए विशेष साधारण सभा

२०७८ जेष्ठ १३ गते, बिहीबार

जेठ १३, काठमाडौं । प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न नेपाल फाइनान्स र ललितपुर फाइनान्सले विशेष साधारण सभा बोलाएका छन् ।
दुवै कम्पनीले जेठ २८ गते बिहान ११ बजे आ–आफ्नै केन्द्रिय कार्यालयमा वेबिनारमार्फत सो सभा सञ्चालन गर्न लागेको जानकाारी दिएका छन् ।
सभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने प्रस्ताव पारित गर्नेछ । जस अनुसार हाल लिलितपुर फाइनान्सको १ कित्ता शेयर हुने लगानीकर्ताले प्रप्ति पछि नेपाल फाइनान्सको १ कित्ता शेयर पाउनेछन् ।
विशेष साधारण सभा प्रयोजनका लागि नेपाल फाइनान्सले जेठ १९ गते ९एक दिन० लागि बुकक्लोज गर्ने भएको छ भने प्राप्ति प्रक्रियाका लागि रहेकाले ललितपुर फाइनान्सको शेयर कारोबार रोक्का नै रहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal