ईन्द्रेणीका पुर्व अध्यक्ष बिक्रम खनालले हस्तान्तरण गरे १२ लाख बराबरको स्वास्थ्य सामाग्री

२०७८ जेष्ठ १३ गते, बिहीबार

जेठ १३, काठमाडौं । पश्चिम नवलपरासीमा सञ्चालनमा रहेको आइसोलेसनहरुमा इन्द्रेणी सामाजिक विकास मञ्चका पुर्व अध्यक्ष तथा संस्थापक सदस्य विक्रम खनालले युनाइटेड मिसन टु नेपालको सहयोगमा करिब १२ लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।

बर्दघाट नगरपालिकाद्धारा सञ्चालन गरिएको चिसापानी आइसोलेसनमा ३ लाख २० हजार रुपैयाँ ,पाल्ही नन्दन गाउँपालिकामा ३ लाख ५३ हजार रुपैया र प्रतापपुर गाउँपालिकामा ४ लाख २ हजार रुपैया गरि करिब १२ लाख रुपैयाको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
कोभिडको दोस्रो भेरीयन्टको संक्रमण व्यापक समुदाय स्तरमा फैलिएको अवस्थामा जिल्ला भरीका विभिन्न पालिकाहरुले संचालनमा लेराएका आईसोलेसनमा रहेका संक्रमीत बिमारीहरुको स्वास्थ्य उपचारमा प्रयोग हुने महत्वपुर्ण स्वास्थ्य सामाग्रिहरु पिपिइ सेट, स्टेचर, माक्स, सेनिटाइजर, ग्लोब्स, थरमल गन, अक्सिमिटर लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यसमिति सदस्य विमलचन्द्र घिमिरेले बताए ।

हस्तान्तरण कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मञ्चका उपाध्यक्ष कर्दम क्षेत्री , सचिव होमराज कुंवर, कार्यसमिति सदस्य विमल चन्द्र घिमिरे र सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना थापा क्षेत्री तथा युनाइटेड मिसन टु नेपालका टिम लिडर सबु तामाङ र तेज गैरे लगायतको उपस्थिति रहेको थियो।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal