प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने

२०७८ जेष्ठ १४ गते, शुक्रबार

जेठ १४, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर सम्बन्धी सबै रिट निवेदनमाथि आजदेखि सवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले हिजो प्रतिनिधि सभा विघटनविरूद्धका १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

हिजो सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दन अस्विकार गर्दै रिटहरुलाई एकमुष्ठ संवैधानिक इजलासमा पठाएका हुन । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ ।
संवैधानिक इजलासमा यसअघि नै विघटनसम्बन्धी ११ वटा रिट दर्ता भइसकेका छन् । अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ आज संवैधानिक इजलासमा हुने सर्वोच्चले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal