सङ्क्रमितको ज्यान गएपछि डाक्टर र नर्समाथि कुटपिट, झ्यालबाट हाम फालेर ज्यान जोगाए

२०७८ जेष्ठ १४ गते, शुक्रबार

जेठ १४, काठमाडौं ।बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट गरेका छन् । जेठ ४ गते भर्ना भएका दाङका एक जना बिरामीको ज्यान गएपछि मृतकका परिवार र आफन्तले ड्युटीमा रहेका डाक्टर र नर्सलाई कुटपिट गरेका अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत एक नर्सका अनुसार कुटपिट हुन थालेपछि डाक्टर र नर्सले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । तनाव बढेपछि अस्पतालमा अहिले सुरक्षाकर्मी तैनाथ गरिएको छ । अस्पतालकाअनुसार भर्ना हुने बेलामै स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal