जेठ १८ गतेदेखि नियमित उडान खोल्ने सरकारको निर्णय

२०७८ जेष्ठ १४ गते, शुक्रबार

जेठ १४, काठमाडौं । सरकारले जेठ १८ गतेदेखि यमित उडान खोल्ने भएको छ । सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो । कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताए। । तीनै देशबाट सातामा एउटा मात्र उडान हुने छ ।
एअर बबल सम्झौता अन्तर्गत अहिले पनि भारतमा सातामा दुई उडान नियमित रूपमा भइरहेको छ । आन्तरिक उडान खोल्नेबारे भने अहिले कुनै निर्णय भएको छैन । यस्तै भारतीय दूतावासको अनुरोधमा सरकारले नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी पुर्याउनका लागि १० चार्डड उडान अनुमति पनि दिएको थियो ।
सरकारले वैशाख २३ गते मध्यरात देखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal