रासायानिक मल खरिदको बजेट एक अर्बले बढ्यो

२०७८ जेष्ठ १५ गते, शनिबार

जेठ, १५ काठमाडौं । सरकारले अनुदानको रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । चालु आर्थिक वर्षको तुलनामा रासायनिक मल खरिदका लागि नयाँ बजेटमा एक अर्ब रुपैयाँले रकम वृद्धि भएको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal