कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति

२०७८ जेष्ठ १५ गते, शनिबार

जेठ, १५ काठमाडौं । सरकारले कोरोनाबाट ज्यान गुमाएकाहरुका सन्तानलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।
आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएका छन।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेटमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal