१ लाखलाई सीप तालिम दिन ४० करोड बजेट विनियोजन

२०७८ जेष्ठ १५ गते, शनिबार

जेठ, १५ काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा १ लाख व्यक्तिलाई सीप तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकालाई हस्तकला, बिजुली मर्मत, व्युटिसियन, सिलाई कटाइ लगायत विभिन्न सीपमूलक तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेका हुन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal