सेयर बजारमा उच्च अंकको करेक्सन, करीब १४ अर्बको शेयर कारोबार

२०७८ जेष्ठ १७ गते, सोमबार

जेठ १७, काठमाडौं । साताको दोस्रो कारोबार सोमवार शेयर बजारमा सोमवार उच्च अंकको करेक्सन भएको छ । पछिल्लो समय लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से सोमवार ९आज० घटेको छ । आइतवार सर्वाधिक विन्दुसहित सर्वाधिक रकमको कारोबार भएको शेयर बजारमा यो दिन भने उच्च अंकको करेक्सन भएको हो । यो दिन १ दशमलव ६० प्रतिशत अर्थात् ४५ दशमलव २५ अंकले घटेर नेप्से परिसूचक २ हजार ७८२ दशमलव ६८ विन्दुमा बन्द भएको छ ।
बैंकिङ समूहको शेयर आज १९ अङ्कले घटेको छ । यस्तै व्यापारको एक सय ६८ अङ्कले, विकास बैंकको ५७ अङ्कले, जलविद्युतको एक सय २९ अङ्कले, निर्जीवन बीमाको तीन सय ८० अङ्कले, जीवन बीमाको तीन सय ५६ अङ्कले र उत्पादन समूहको शेयर एक सय तीन अङ्कले घटेको छ ।
आज कारोबार रकम पनि घटेको छ । आइतवार १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा सोमवार १३ अर्ब ९० करोड रुपैयाँ बराबरको तीन करोड आठ लाख कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै राधी जलविद्युत् कम्पनीको ९१ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो ।
आज वरुण हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि राधी जलविद्युत् र सेन्ट्रल फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।

पछिल्लो समय लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से सोमवार ९आज० घटेको छ । कारोबार भएका सबै कम्पनीको शेयर ओरालो लागेपछि नेप्से ४५ दशमलव २५ अङ्कले घटेर २७ सय ८२ दशमलव ६८ विन्दुमा झरेको छ ।
बैंकिङ समूहको शेयर आज १९ अङ्कले घटेको छ । यस्तै व्यापारको एक सय ६८ अङ्कले, विकास बैंकको ५७ अङ्कले, जलविद्युतको एक सय २९ अङ्कले, निर्जीवन बीमाको तीन सय ८० अङ्कले, जीवन बीमाको तीन सय ५६ अङ्कले र उत्पादन समूहको शेयर एक सय तीन अङ्कले घटेको छ ।
आज कारोबार रकम पनि घटेको छ । आइतवार १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा सोमवार १३ अर्ब ९० करोड रुपैयाँ बराबरको तीन करोड आठ लाख कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै राधी जलविद्युत् कम्पनीको ९१ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो ।
आज वरुण हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि राधी जलविद्युत् र सेन्ट्रल फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal