राष्ट्रिय युवा संघलाई प्रधानमन्त्री ओलीको निर्देशन, प्रचण्ड-माधवलाई हैसियत देखाइदिनु

जेठ १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको समुहको धज्जी उडाउन युवा संघका कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार जुममार्फत एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “साथीहरु! जहाँ सक्नुहुन्छ त्यहाँ उनीहरुको धज्जी उडाउनुस् । यिनीहरुलाई हैसियत देखाउनुपर्छ ।” प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले त्यसलाई रोक्न र छेक्न पनी युवा संघका नेता कार्यकर्तालाई निर्देशन दिएका छन । हामीमाथि चारैतिरबाट सरवर्षा भइरहेको छ । ती सरवर्षालाई भाँड्ने र छेक्ने काम गर्नुपर्छ ।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई पूर्व माओवादीका सबै नेताले छोडिसकेकाले उनी राजनीतिमा कमजोर बन्दै गएको समेट दाबी गरे।
‘प्रचण्डसँग पुगेका मान्छे कस्ता छन्। माधव नेपाल नारायणकाजी। एउटा मौका आएको थियो लोकतान्त्रिक विश्वास आर्जन गर्ने,’ उनले भने। प्रचण्डप्रति आफूलाई दया लागेर आएको ओलीले कटाक्ष गरे।
अध्यक्षमा किरण पौडेल चयन
युवा संघ नेपालको सचिवालयको भर्चुअल बैठकले किरण पौडललाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष वचनबहादुर सिंह आइतबारदेखि ४१ वर्ष उमेर पुगेकाले उनकै प्रस्तावमा पौडेललाई अध्यक्ष बनाइएको हो । पौडेल यसअघि युवा संघको सहअध्यक्ष थिए । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि वाइसिएल र यूवा संघ एक हुँदा राष्ट्रिय युवा संघ नेपाल बनेको थियो ।