भारतमा ४६ दिनयताकै कम संक्रमित, एक लाख ६५ हजार ५ सय ५३ संक्रमित फेला

२०७८ जेष्ठ १७ गते, सोमबार

जेठ १७, काठमाडौं । भारतमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ । गत २४ घण्टामा १ लाख ६५ हजार जनामा संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले २० लाख ६३ हजार ८ सय ३९ नमूना परीक्षण गर्दा एक लाख ६५ हजार ५ सय ५३ संक्रमित फेला परेको जनाएको छ ।
२४ घण्टामा थपिएका संक्रमित पछिल्लो ४६ दिन यताकै सबैभन्दा कम हो । यसबीचमा ३ हजार ४ सय ६० संक्रमितले ज्यान गुमाएका छन् । भारतमा हालसम्म कोरोनाका कारण ३ लाख २५ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ ।
भारतमा २१ लाख १४ हजार ५ सय ८ सक्रिय संक्रमित छन् । भारतमा २१ करोड २० लाख ब्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३० लाख ३५ हजार ब्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal